Shikshapremi
कर्जा योजना (Loan planning)
यस संस्थाले आफ्ना सदस्यहरुका लागि विभिन्न उदेश्यका साथ सर्वसुलभ दरमा कर्जा प्रदान गर्ने व्यवस्था गरेको छ । यस योजना अन्र्तगत निम्नअनुसार व्याजदर निर्धारण गरिएको छ ।
अवधि(period) व्याजदर (Interest Rate)
व्यावसायिक कर्जा १६% - १८%
हायर पर्र्चेज कर्जा १७%- १९%
शैक्षिक कर्जा १६% - १७%
जग्गा तथा आवास कर्जा १७% - १८%
शेयर धितो कर्जा १६%- १७%
व्ैौदेशिक रोजगार कर्जा १७% - १९%
मुद्धति बचतको धितोमा कर्जा थप २.५ %
अन्य कर्जा १७% -२०%
(व्याजदरहरु समय सापेक्षित परिवर्तन गर्न सकिनेछ । )
(बचत गर्ने बानी बसालौ मिठो फल आजै खसालौ )
more...
शिक्षाप्रेमी विषेश बचत(Shikshapremi Special Saving)
यो खातामा रु १०० मा खाता खोल्न सकिनेछ । यस खातामा रु ५०० भएपछि चेकबुक प्रदान गरिनेछ । यस खातामा न्यूनतम मौज्दात रु १०,००० भएमा दैनिक ८.५ प्रतिशतकमा दरले ब्याज प्रदान गरिनेछ । यस खाताबाट चाहेको समयमा रकम राख्न र झिक्न सकिनेछ ।
more...
शिक्षक तथा कर्मचारी बचत
निजी तथा सरकारी क्षेत्रमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई लक्षित गरी यो खाता सञ्चालन गरिएको हो । यस बचत योजनामा वार्षिक ८ प्रतिशतको दरले व्याज प्रदान गरिनेछ । खातामा न्यूनतम रु १००० रहने गरी चाहेको बेला सम्पुर्ण रकम झिक्न सकिन्छ । more...
साधारण बचत(Simple Saving)
यो बचत योजना रु १०० मा खाता खोल्न सकिनेछ । वार्षिक ७ प्रतिशतका दरले तीन तीन महिनामा व्याज प्रदान गरिनेछ । खातामा न्युनतम मौज्दात रु ५०० हुनुपर्नेछ । यसमा चाहेको बेला रकम राख्न र झिक्न सकिनेछ ।
more...
क्रमिक बचत (Recurring Saving)
यो बचत योजना अनुसार रु १०० मा खाता खोल्न सकिनेछ । यस योजना अनुसार दैनिक , साप्ताहिक, मासिक रुपमा बचत गर्न सकिने छ र निश्चित समय भन्दा अघि रकम झिक्न सकिने छैन । यस खातामा निम्न अनुसार व्याज प्रदान गरिनेछ ।
अवधि(period) व्याजदर (Interest Rate)
३ महिना ७%
६ महिना ९%
१ वर्ष १०%
२ वर्ष १२%
३ वर्ष १३ %more...
खुत्रुके बचत (Box Saving)
यो खाता रु १०० मा खोल्ल सकिनेछ । खाता खोलेपछि संस्थाले एउटा खुत्रुके प्रदान गर्नेछ । घरायसी दैनिक कार्यबाट बचेका स साना रकमहरुलाई बचत गर्ने बानी बसाल्नको लागि यो योजना सञ्चालन गरिएको हो । यसमा वार्षिक ८ प्रतिशतका दरले व्याज प्रदान गरिनेछ । more...