About Us

  व्यक्तिको आवश्यकता जागरण भएपछि शक्तिको रुपमा देखा पर्दछन, जहाँँ  उदेश्य प्राप्तिको लागि सामूहिक प्रोत्साहनको आवश्यकता पर्दछ भन्ने मान्यता सिद्धान्तलाई आत्मसाथ गर्दै सदस्यहरुबिच छरिएर रहेको श्रम, पुँजी, सिप   अनुभवलार्ई  अधिकतम परिचालन गरी सदस्यहरुकोे आर्थिक सामाजिक तथा सास्कृतिक समुन्नतिको लागि  पारस्परिक सहयोगमा उत्पादनमुलक , आयमुलक    रोजगारीमुलक कार्य गर्ने उदेश्यले सअकारी ऐन २०४८ अनुसार यो शिक्षाप्रेमी बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो  

प््रात्येक सबैका लागि सबै प्रत्येकका लागि “ each for all and all  for each “ भन्ने सहकारीको मूल सिद्धान्तलाई आत्मसाथ गर्दै स्थापना गरिएको यस  सहकारीको मूल नारा तपाई हामी सबैको सहकारी  शिक्षाप्रेमी रहेको   आफ्नो सिद्धान्न्तलाई अंगीकार गर्दै  सदस्यहरुको व्यक्तित्व विकास , आर्र्थिक सुदृढिकरण आवश्यकताहरु प्रति केन्द्रित रही समुदाय तथा देशको दिगो विकासमा यो शिक्षाप्रेमी बचत तथा ऋाण सहकारी संस्थाले  महत्वपुर्ण भूमिका खेल्दछ  

मुलुकमा देखा परेको अहिलेको अन्योल आर्थिक परिस्थितीमा उदार आर्थिक निती अबलम्वन गर्दै , न्युन  आय भएका सदस्यहरुको आवश्यकताहरुलाई पूरा गर्ने उदेश्यले विभिन्न  क्षेत्रमा  अनुभव प्राप्त व्यक्तिहरुबाट  सञ्चालित यस सहकारी संस्थामा ग्राहकहरुको समयलाई मध्यनजर गरी छिटो छरितो , सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान  गर्न कम्प्युटर प्रणालीबाट सेवा सञ्चालनमा ल्याईएको  

थोपा थोपा मिलेर समुन्द्र बन्छ’’ भन्ने मान्यतामा सञ्चालित यो सहकारीमा सदस्यहरुको आर्थिक सम्पन्नता नै यस संस्थाको सफलता रहनेछ यसरी सम्पूर्ण सदस्यहरु एक जुट भई काँधमा काँध , हातमा हात मिलाई अगाडि बढ्दै आय आर्जनका प्रसस्त अवसरहरु सिर्जना गर्दै यो शिक्षाप्रेमी बचत तथा ऋण सहकारी संस्थालाई भविष्यमा एक विशाल नमूना सहकारी संस्था बनाउने कुरामा हामी प्रतिबद्ध  छौ  

 


Message From Chairman

[Read More]

Visit Us On Facebook