picture

About Us

  व्यक्तिको आवश्यकता जागरण भएपछि शक्तिको रुपमा देखा पर्दछन, जहाँँ  उदेश्य प्राप्तिको लागि सामूहिक प्रोत्साहनको आवश्यकता पर्दछ भन्ने मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सदस्यहरुबिच छरिएर रहेको श्रम, पुँजी, सिप  र अनुभवलार्ई  अधिकतम परिचालन गरी सदस्यहरुकोे आर्थिक सामाजिक तथा सास्कृतिक समुन्नतिको लागि  पारस्परिक सहयोगमा उत्पादनमुलक , आयमुलक  र  रोजगारीमुलक कार्य गर्ने उदेश्यले सअकारी ऐन २०४८ अनुसार यो शिक्षाप्रेमी बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो । 

प््रात्येक सबैका लागि र सबै प्रत्येकका लागि “ each for all and all  for each “ भन्ने सहकारीको मूल सिद्धान्तलाई आत्मसाथ गर्दै स्थापना गरिएको यस  सहकारीको मूल नारा तपाई हामी सबैको सहकारी  शिक्षाप्रेमी रहेको  छ । आफ्नो सिद्धान्न्तलाई अंगीकार गर्दै  सदस्यहरुको व्यक्तित्व विकास , आर्र्थिक सुदृढिकरण र आवश्यकताहरु प्रति केन्द्रित रही समुदाय तथा देशको दिगो विकासमा यो शिक्षाप्रेमी बचत तथा ऋाण सहकारी संस्थाले  महत्वपुर्ण भूमिका खेल्दछ । 

मुलुकमा देखा परेको अहिलेको अन्योल आर्थिक परिस्थितीमा उदार आर्थिक निती अबलम्वन गर्दै , न्युन  आय भएका सदस्यहरुको आवश्यकताहरुलाई पूरा गर्ने उदेश्यले विभिन्न  क्षेत्रमा  अनुभव प्राप्त व्यक्तिहरुबाट  सञ्चालित यस सहकारी संस्थामा ग्राहकहरुको समयलाई मध्यनजर गरी छिटो छरितो , सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान  गर्न कम्प्युटर प्रणालीबाट सेवा सञ्चालनमा ल्याईएको छ । 

“ थोपा थोपा मिलेर समुन्द्र बन्छ’’ भन्ने मान्यतामा सञ्चालित यो सहकारीमा सदस्यहरुको आर्थिक सम्पन्नता नै यस संस्थाको सफलता रहनेछ । यसरी सम्पूर्ण सदस्यहरु एक जुट भई काँधमा काँध , हातमा हात मिलाई अगाडि बढ्दै आय आर्जनका प्रसस्त अवसरहरु सिर्जना गर्दै यो शिक्षाप्रेमी बचत तथा ऋण सहकारी संस्थालाई भविष्यमा एक विशाल र नमूना सहकारी संस्था बनाउने कुरामा हामी प्रतिबद्ध  छौ । 

 


Message From Chairman

[Read More]

Visit Us On Facebook