shikshapremi saving & credit co-operative Ltd.

kl/ro (Introduction)

व्यक्तिको आवश्यकताजागरण भएपछि शक्तिको रुपमा देखा पर्दछन,जहाँँउदेश्यप्राप्तिको लागि सामूहिकप्रोत्साहनको आवश्यकता पर्दछ भन्ने मान्यता र सिद्धान्तलाई आत्मसाथगर्दै सदस्यहरुबिच छरिएर रहेको श्रम, पुँजी, सिप  र अनुभवलार्ई  अधिकतम परिचालन गरी सदस्यहरुकोे आर्थिक सामाजिकतथा सास्कृतिक समुन्नतिको लागिपारस्परिक सहयोगमाउत्पादनमुलक , आयमुलक  र  रोजगारीमुलककार्य गर्ने उदेश्यले सअकारी ऐन २०४८ अनुसार यो शिक्षाप्रेमी बचत तथा ऋण सहकारी संस्थाको स्थापनाभएको हो ।
K|fTo]s सबैकालागि र सबै प्रत्येककालागि “Each for all and all for each“ भन्ने सहकारीको मूल सिद्धान्तलाई आत्मसाथगर्दै स्थापनागरिएको यस  सहकारीको मूलनारा तपाई हामी सबैको सहकारी  शिक्षाप्रेमी रहेको  छ । आफ्नो सिद्धान्न्तलाई अंगीकार गर्दै  सदस्यहरुको व्यक्तित्वविकास , आर्र्थिक सुदृढिकरण र आवश्यकताहरु प्रति केन्द्रित रही समुदायतथा देशको दिगो विकासमा यो शिक्षाप्रेमी बचत तथा ऋाण सहकारी संस्थाले  महत्वपुर्ण भूमिका खेल्दछ । 

मुलुकमा देखा परेको अहिलेको अन्योल आर्थिक परिस्थितीमाउदार आर्थिक नितीअबलम्वनगर्दै , न्युनआयभएका सदस्यहरुको आवश्यकताहरुलाई पूरा गर्ने उदेश्यले विभिन्न  क्षेत्रमाअनुभवप्राप्त व्यक्तिहरुबाट  सञ्चालित यस सहकारी संस्थामाग्राहकहरुको समयलाई मध्यनजर गरी छिटो छरितो , सर्वसुलभ तथा गुणस्तरीय सेवाप्रदानगर्न कम्प्युटर प्रणालीबाट सेवा सञ्चालनमाल्याईएको छ ।
“थोपाथोपामिलेर समुन्द्र बन्छ’’ भन्ने मान्यतामा सञ्चालित यो सहकारीमा सदस्यहरुको आर्थिक सम्पन्नतानै यस संस्थाको सफलता रहनेछ । यसरी सम्पूर्ण सदस्यहरु एक जुट भई काँधमाकाँध , हातमाहातमिलाई अगाडि बढ्दै आयआर्जनका प्रसस्त अवसरहरु सिर्जनागर्दै यो शिक्षाप्रेमी बचत तथा ऋण सहकारी संस्थालाई भविष्यमा एक विशाल र नमूना सहकारी संस्थाबनाउने कुरामाहामी प्रतिबद्ध  छौ ।


Message From Chairman

[Read More]

Visit Us On Facebook